आखिर कुन चाहिँ १० उत्कृष्ठ नेपाली फिल्मलाई इन्टरनेट मुबि डाटावेस आइएमडीबीमा कति रेटिङ गरिएको छ । हेर्नुहोस् लिष्ट :-
नम्बर १० मा रहेको छ चलचित्र ए मेरो हजुर , सन् २००२ मा रिलिज भएको यो चलचित्र लाई आइएमडीबीमा ८ पइन्ट ८ को रेटिङ मिलेको छ । यो चलचित्रलाई बरिष्ठ चलचित्र र्निदेर्शक शिब रेग्मीले र्निदेशन गरेका हुन भने यस चलचित्रमा नायक शिव श्रेष्ठ , नायिका झरना थापा , गणेश उप्रेति , शुसिला राईमाझी लगायत कलाकारको अभिनय रहेको थियो ।
नम्बर ९ मा रहेको छ सन् २०२० मा रिलिज चलचित्र आमा, ड्रमा जनराको यो चलचित्र ११२ मिनेट लम्बाईको छ । यो चलचित्रलाई ८ पइन्ट ९ को आएमडीबी को रेटिङ मिलेको छ । यो चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् भने चलचित्रमा नायिका शुरक्षा पन्त लगायत कलाकारहरु मिथिला शर्मा , सरिता गिरि , देशभक्त खनाल , अशान्त शर्मा आदिको अभिनय रहेको थियो ।
नम्बर ८ मा रहेको छ सन् २०१६ मा रिलिज चलचित्र डाइङ क्यान्डल , पारिवारिक र ड्रमा जनराको यो चलचित्रको लम्बाई १२८ मिनेट रहेको छ । यस चलचित्रलाई पनि ८पइन्ट९को आएमडीबीको रेटिङ मिलेको छ । नरेश कुमार केसीले निर्देशन गरेको यो चलचित्रमा सौगत मल्ल , सिर्जना सुब्बा , बिद्या कार्कि आदि कलाकारको अभिनय रहेको छ ।
नम्बर ७ मा रहेको छ सन् २०१५ मा रिलिज चलचित्र त्यान्द्रो ,एक्सन र ड्रामा जनाराको यो चलचित्रको लम्बाई ११२ मिनेट रहेको छ । यस चलचित्रलाई पनि ८पइन्ट९को आएमडीबीको रेटिङ मिलेको छ सामतेन भुटियाको निर्देशन रहेको यो चलचित्रमा दयाहाङ राई , कमल मनि नेपाल , बुद्घि तामाङ ,राजन खतिवडा आदि कलाकारको अभिनय रहेको छ ।
नम्बर ६ मा रहेको छ सन् १९९६ मा रिलिज चलचित्र सिमाना , एक्सन र ड्रामा जनाराको यो चलचित्रलाई पनि ८पइन्ट९को आएमडीबीको रेटिङ मिलेको छ । प्रकाश सयामीको निर्देशनमा बनेको यो चलचित्रमा राजेश हमाल , धिरेन शाक्य , मेलिना मानन्धर , हेमन्ता बुढाथेकी आदि कलाकारको अभिनय रहेको छ ।
नम्बर ५ मा रहेको छ सन् २००२ मा रिलिज चलचित्र बक्सिस , यो चलचित्रलाई ९पइन्ट शुन्य को आएमडीबी रेटिङ मिलेको छ । दिपक आलोक कोे निर्देशनमा बनेको यो चलचित्रमा राजेश हमाल , गौरी मल्ल , निर साह , बिपना थापा आदि कलाकारको अभिनय रहेको छ ।
नम्बर ४ मा रहेको छ सन् १९६६ मा रिलिज चलचित्र माइतीघर , ड्रामा र साँगितिक जनराको यो चलचित्रको लम्बाई १३४ मिनेट रहेको छ । यो चलचित्रलाई ९ पइन्ट शुन्य को आएमडीबी रेटिङ प्राप्त भएको छ । बिएस थापाको निर्देशनमा बनेको यो चलचित्रमा माला सिन्ह, चिदम्बर प्रसाद लोहनी ,टिका भुसन दाहाल , सुनिल दत्त लगायत कलाकारको अभिनय रहेको छ ।
नम्बर ३ मा रहेको छ सन् १९९७ मा रिलिज चलचत्रि बलिदान, ड्रामा जनराको यो चलचित्रलाई ९ पइन्ट १ को आएमडीबी रेटिङ मिलेको छ । यो चलचित्रलाई भेटरेन निर्देशक तुलशी घिमिरेले निर्देशन गरेका हुन् भने यो चलचित्रमा हरिवंश आचार्य , मदन कृष्ण श्रेष्ठ , निर शाह आदी कलाकारको अभिनय रहेको छ ।
नम्बर २ मा रहेको छ सन् २०२० मा रिलिज चलचित्र जिउदो , ड्रामा र रोमान्स जनराको यो चलचित्रको लम्बाई १५० मिनेट रहेको छ । यो चलचित्रलाई ९ पइन्ट २ को आएमडीबी रेटिङ प्राप्त भएको छ । यो चलचित्रलाइ आलमिस्ट सुब्बाले निर्देशन गरेका हुन् भने प्रशान्त बराइली , दाभिना , प्रनिशा गहतराज,पुजन घिसिङ आदि कलाकारको चलचित्रमा अभिनय रहेको छ ।
यो सँगै ९ पइन्ट २ को आएमडीबी रेटिङ सँगै नम्बर १ मा रहेको छ सन् १९६४ मा रिलिज चलचित्र आमा । एक्सन र ड्रमा जनराको यो चलचित्रको लम्बाई १०९ मिनेट रहेको छ । यो चलचित्रलाइ हिरा सिहँ खत्रीले निर्देशन गरेका हुन् भने चलचित्रमा शिव शंखर , भुवन चन्द , बिक्रम बहादुर, बसुन्धारा भुसाल आदि कलाकारको अभिनय रहेको छ ।
माथि उल्लेखित चलचित्रहरु को हालसालैको तथ्यबाट साभार गरिइएको हो ।