Hungry Check Here

Hungry Check Here

IMDB मा उत्कृष्ठ १० रेटिङ प्राप्त नेपाली चलचित्रहरु

आखिर कुन चाहिँ १० उत्कृष्ठ नेपाली फिल्मलाई इन्टरनेट मुबि डाटावेस आइएमडीबीमा कति  रेटिङ गरिएको छ  हेर्नुहोस् लिष्ट :-

नम्बर १० मा रहेको छ चलचित्र ए मेरो हजुर सन् २००२ मा रिलिज भएको यो चलचित्र लाई आइएमडीबीमा ८ पइन्ट ८ को रेटिङ मिलेको छ । यो चलचित्रलाई बरिष्ठ चलचित्र र्निदेर्शक शिब रेग्मीले र्निदेशन गरेका हुन भने यस चलचित्रमा नायक शिव श्रेष्ठ नायिका झरना थापा गणेश उप्रेति शुसिला राईमाझी लगायत कलाकारको अभिनय रहेको थियो ।



नम्बर ९ मा रहेको छ सन् २०२० मा रिलिज चलचित्र आमाड्रमा जनराको यो चलचित्र ११२ मिनेट लम्बाईको छ । यो चलचित्रलाई ८ पइन्ट ९ को आएमडीबी को रेटिङ मिलेको छ । यो चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् भने चलचित्रमा नायिका शुरक्षा पन्त लगायत कलाकारहरु मिथिला शर्मा सरिता गिरि देशभक्त खनाल अशान्त शर्मा आदिको अभिनय रहेको थियो ।



नम्बर ८ मा रहेको छ सन् २०१६ मा रिलिज चलचित्र डाइङ क्यान्डल पारिवारिक र ड्रमा जनराको यो चलचित्रको लम्बाई १२८ मिनेट रहेको छ । यस चलचित्रलाई पनि ८पइन्ट९को आएमडीबीको रेटिङ मिलेको छ । नरेश कुमार केसीले निर्देशन गरेको यो चलचित्रमा सौगत मल्ल सिर्जना सुब्बा बिद्या कार्कि आदि कलाकारको अभिनय रहेको छ ।



नम्बर ७ मा रहेको छ सन् २०१५ मा रिलिज चलचित्र त्यान्द्रो ,एक्सन र ड्रामा जनाराको यो चलचित्रको लम्बाई ११२ मिनेट रहेको छ । यस चलचित्रलाई पनि ८पइन्ट९को आएमडीबीको रेटिङ मिलेको छ सामतेन भुटियाको निर्देशन रहेको यो चलचित्रमा दयाहाङ राई कमल मनि नेपाल बुद्घि तामाङ ,राजन खतिवडा आदि कलाकारको अभिनय रहेको छ ।



नम्बर ६ मा रहेको छ सन् १९९६ मा रिलिज चलचित्र सिमाना एक्सन र ड्रामा जनाराको यो चलचित्रलाई पनि ८पइन्ट९को आएमडीबीको रेटिङ मिलेको छ । प्रकाश सयामीको निर्देशनमा बनेको यो चलचित्रमा राजेश हमाल धिरेन शाक्य मेलिना मानन्धर हेमन्ता बुढाथेकी आदि कलाकारको अभिनय रहेको छ ।



नम्बर ५ मा रहेको छ सन् २००२ मा रिलिज चलचित्र बक्सिस यो चलचित्रलाई ९पइन्ट शुन्य को आएमडीबी रेटिङ मिलेको छ । दिपक आलोक कोे निर्देशनमा बनेको यो चलचित्रमा राजेश हमाल गौरी मल्ल निर साह बिपना थापा आदि कलाकारको अभिनय रहेको छ ।



नम्बर ४ मा रहेको छ सन् १९६६ मा रिलिज चलचित्र माइतीघर ड्रामा र साँगितिक जनराको यो चलचित्रको लम्बाई १३४ मिनेट रहेको छ । यो चलचित्रलाई ९ पइन्ट शुन्य को आएमडीबी रेटिङ प्राप्त भएको छ । बिएस थापाको निर्देशनमा बनेको यो चलचित्रमा माला सिन्हचिदम्बर प्रसाद लोहनी ,टिका भुसन दाहाल सुनिल दत्त लगायत कलाकारको अभिनय रहेको छ ।



नम्बर ३ मा रहेको छ सन् १९९७ मा रिलिज चलचत्रि बलिदानड्रामा जनराको यो चलचित्रलाई ९ पइन्ट १ को आएमडीबी रेटिङ मिलेको छ । यो चलचित्रलाई भेटरेन निर्देशक तुलशी घिमिरेले निर्देशन गरेका हुन् भने यो चलचित्रमा हरिवंश आचार्य मदन कृष्ण श्रेष्ठ निर शाह आदी कलाकारको अभिनय रहेको छ ।



नम्बर २ मा रहेको छ सन् २०२० मा रिलिज चलचित्र जिउदो ड्रामा र रोमान्स जनराको यो चलचित्रको लम्बाई १५० मिनेट रहेको छ । यो चलचित्रलाई ९ पइन्ट २ को आएमडीबी रेटिङ प्राप्त भएको छ । यो चलचित्रलाइ आलमिस्ट सुब्बाले निर्देशन गरेका हुन् भने प्रशान्त बराइली दाभिना प्रनिशा गहतराज,पुजन घिसिङ आदि कलाकारको चलचित्रमा अभिनय रहेको छ ।



यो सँगै ९ पइन्ट २ को आएमडीबी रेटिङ सँगै नम्बर १ मा रहेको छ सन् १९६४ मा रिलिज चलचित्र आमा । एक्सन र ड्रमा जनराको यो चलचित्रको लम्बाई १०९ मिनेट रहेको छ । यो चलचित्रलाइ हिरा सिहँ खत्रीले निर्देशन गरेका हुन् भने चलचित्रमा शिव शंखर भुवन चन्द बिक्रम बहादुरबसुन्धारा भुसाल आदि कलाकारको अभिनय रहेको छ ।

माथि उल्लेखित चलचित्रहरु को हालसालैको तथ्यबाट साभार गरिइएको हो । 

Share:

No comments:

Post a Comment

Facebook

Latest News

IMDB मा उत्कृष्ठ १० रेटिङ प्राप्त नेपाली चलचित्रहरु

आखिर कुन चाहिँ १० उत्कृष्ठ नेपाली फिल्मलाई इन्टरनेट मुबि डाटावेस आइएमडीबीमा कति    रेटिङ गरिएको छ  ।   हेर्नुहोस् लिष्ट :- नम्बर १० मा रहेको...

Messenger Chat

Hungry Check here

Hungry Check here

Pages