Hungry Check Here

Hungry Check Here

'चपली हाइट' कि विनिताले कसिन् लगनगाँठो

करीब ६ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म 'चपली हाइट' मा बोल्ड सिन दिएपछि लाइमलाइटमा आएकी अभिनेत्री विनिता बरालले प्रेमी तिलक पौडेलसँग लगनगाँठो कसेकी छन् । अध्ययनको शिलशिलामा करीब तीन वर्ष अगाडि अमेरिका पुगेकी उनले मंगलवार अमेरिकाको पश्चिम भर्जिनियामा रहेको ‘बृन्दावन मन्दिरमा’ मा विवाह गरेकी हुन् । प्रेमी पौडेलसँग उनी लामो समयदेखि प्रेम सम्बन्धमा थिइन् । 
 अभिनेत्री विनिताले विवाहका केही तश्बिरहरु आफ्नो आधिकारिक फेसबुकमा साझेदार गरेकी छन् । तश्बिरमा उनी दुलहीको पहिरनमा निकै सुन्दर देखिएकी छन् । भने, केही तश्बिरमा श्रीमानसँग रोमान्टिक मुडमा पनि देखिएकी छन् । गएको वर्ष उनले प्रेमी पौडेलसँग इन्गेजमेन्ट गरेकी थिइन् । दुईको विवाह समारोहमा केही निकट आफन्तहरुको मात्र उपस्थिति रहेको बुझिएको छ । 

फिल्ममा भविष्य सुरक्षित नदेखेपछि अभिनेत्री बराल कृषि पेशामा समेत आबद्ध भएकी थिइन् । उनले टोखामा १० रोपनी जग्गा भाडामा लिएर केही साथीहरुसँग मिलेर तरकारी खेती गरेकी थिइन् । तर, उनी कृषि पेशामा पनि लामो समय टिक्न सकिनन् । अन्ततः उनी फिल्म क्षेत्र र कृषि पेशा नै त्यागेर अमेरिका पलायन भइन् । उनी अभिनीत पछिल्लो फिल्म 'उमंग' हो ।
अमेरिकाको ओहायो राज्यमा वैकल्पिक ऊर्जामा पिएचडीरत तिलक पौडेलको प्रेममा बिनिता अमेरिका पुगेको केही महिनामै चुर्लुम्म डुबेकी थिइन् । तिलकको नेपाल घर स्याङजा हो । दुई ट्विटरमार्फत् एकअर्कासँग जोडिएका थिए । विनिताले गएको दुई वर्षअघि कृषि सम्बन्धि पुस्तक 'जुइनो' सार्वजनिक गरेकी थिइन् । उनी चाँडै विदेशमा बस्ने विद्यार्थीहरुको अनुभवलाई लिएर अर्को पुस्तक लेख्ने तयारीमा छिन् ।

Share:

हङकङमा भोलासँग ‘च च हुई’ गर्दै आर्यन

फरक धारका फिल्ममा रमाइरहेका निर्देशक साम्तेन भुटिया पहिलो पटक फिल्म ‘च च हुई’ बाट पूर्ण कमर्शियल फिल्म निर्माणतर्फ लम्किएका छन् । यो फिल्मको अहिले हङकङमा छायांकन भइरहेको छ । नेपाल छायांकन पूरा गरेर निर्माण टिम एक साताको सेड्युल लिएर गत शुक्रबार हङकङ उडेको हो । 
नर्थ पोइन्ट, जोर्डन, गार्डेन हिललगायतका रमणीय स्थानमा फिल्मको छायांकन भइरहेको निर्देशक भुटियाले जानकारी दिए । ‘च च हुई’ को लागि अभिनेता आर्यन सिग्देल, माओत्से गुरुङ र भोलाराज सापकोटासँगै छायाँकार सुशन प्रजापति, निर्देशक भुटिया, निर्माता अमृत घोले लामालगायत हङकङमा छन् । त्यहाँ आर्यन र भोलाको विभिन्न दृश्यको छायांकन भइरहेको छ । 
     यसमा पुस्कर गुरुङ, मिरुना मगर, बबिता मल्ललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । नेपाल आएर फिल्मको गीतको छायांकन गर्ने निर्माता अमृतले बताए । एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित यो कमेडी जनरको फिल्म हो । भने, ‘च च हुई’ लाई सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । 
     
‘यसपटक कमर्सियल फिल्मको जमर्को गरेको छु,’ साम्तेन भन्छन्, ‘फिल्ममार्फत् दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने प्रयास रहनेछ ।’ स्टोरीको डिमाण्डकै कारण हङकङमा छायांकनका लागि पुगेको उनको भनाई छ । उनका अनुसार, फिल्मको कथा नै हङकङबाट सुरु हुन्छ । फिल्ममा पछिल्लो समयका चर्चित संगीतकार राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहेको छ । 
                     
Share:

‘मन्द मन्द’ मा भित्रिए कसिस र नविन

राजबहादुर सानेको लेखन र निर्देशनमा निर्माण भइरहेको फिल्म ‘मन्द मन्द’ को प्रमुख भूमिकामा कसिस दाहाल र नविन रेग्मी अनुबन्ध भएका छन् । फ्लोरमा जानुअघि फिल्ममा बिनय श्रेष्ठ, प्रमोद अग्रहरि र रबिन्द्र झा अनुबन्धित भए पनि बाँकी दुई कलाकार कसलाई लिने भन्नेमा निर्माता/निर्देशक अन्योलमा थिए । अन्ततः कसिस र नविन भित्रिएका छन् । 


बैशाख तेश्रो सातादेखि सुटिङ सुरु भएको सस्पेन्स सोसल ड्रामा ‘मन्द मन्द’ को हाल जुम्लाका छायांकन भइरहेको निर्देशक सानेले जानकारी दिएका छन् । रुद्राक्ष फिल्मस्को ब्यानरमा रुद्र खनाल कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा टेकराज रेग्मी र कमल गिरी छन् । दिव्यराज सुबेदीले फिल्म खिचिरहेका छन् । 
 
काठमाडौबाट सुरु भएको ‘मन्द मन्द’ को सुटिङ नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट हुँदै जुम्ला र मुगुसम्म पुग्दै छ । फिल्मका गीतको कोरियोग्राफी रामजी लामीछानेले गरिरहेका छन् । नव-नायिका कसिस र नायक नविनले ‘मन्द मन्द’ मा आफुहरुले निकै मिहिनेतका साथ अभिनय गर्ने बताएका छन् । 
Share:

सलिनमानको विश्राम केका लागि ?

झरना थापा निर्देशित फिल्म 'ए मेरो हजुर २' बाट सानदार डेब्यू गरेका अभिनेता सलिनमान बनियाको दोस्रो फिल्म 'यात्रा' गएको चैत २९ मा प्रदर्शनमा आएको थियो । आफ्नै डेब्यू फिल्मको तेस्रो सिरिजसँगको भिडन्तले बक्सअफिसमा यो फिल्मलाई ठूलो असर गरेको थियो । तर, फिल्मले हलमा हावा भने खाएन । निर्माताहरु फिल्मले घरेलु बजारबाटै लगानी उठाएको दावी गर्दै आइरहेका छन् । 
 
यो ३ करोडको लागतमा बनेको फिल्म हो । यसले लगानी सुरक्षित गर्न मात्र घरेलु बजारबाट ९ करोडको आसपासमा व्यापार गर्नुपर्छ । अभिनेता अनमोल केसी स्टारर फिल्म 'ए मेरो हजुर ३' को लाइफटाइम कलेक्सन नै ९ करोड पुग्न नसकेको अवस्थामा 'यात्रा' ले लगानी सुरक्षित गर्‍यो भन्ने निर्माताको दावीलाई विश्वास गर्न सकिन्न । यद्यपि, फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया भने बटुलेको थियो । 
 
फिल्म 'यात्रा' ले अभिनेता सलिनको फिल्म करिअरमा एउटा इट्टा थप्ने काम गरेको छ । डेब्यू फिल्ममा उनको अभिनयको चौतर्फी आलोचना भएको थियो । लुक्सको वाह-वाही भए पनि दर्शक/समिक्षक कसैले अभिनय रुचाएका थिएनन् । 'यात्रा' मा भने उनको अभिनयको निकै प्रशंसा भयो । उनले अभिनयमा निखारता प्रदान गरेका थिए । एक्सनमा पनि राम्रो सम्भावना देखाएका छन् । 
डेब्यू फिल्म 'ए मेरो हजुर २' पछि कहिल्यै फिल्म नगर्ने मुडमा रहेको बेला उनलाई 'यात्रा' अफर भएको थियो । स्क्रिप्ट राम्रो लागेपछि सलिनले फिल्म नगर्ने निर्णय त्यागेका थिए । 'यात्रा' मा आफ्नो कामको प्रशंसा भएपछि उनी अब राम्रो स्क्रिप्ट र राम्रो टिमबाट अफर आएर निरन्तर फिल्म गर्ने मनस्थितिमा छन् । तर, केही महिना उनी फिल्मबाट विश्राम लिँदैछन् । उनले 'यात्रा' को दौडधुपले आफू निकै गलेको बताएका छन् । 
 
उनी भन्छन्, ‘फिल्मको छायांकन समयमा नसकिँदा राम्रै दौडधुप गर्नुपर्‍यो । प्रचारमा पनि उस्तै खटिएँ । आफ्नो कामले दर्शकलाई सन्तुष्ट बनाउन सक्छ कि सक्दैन भन्ने अर्को तनाव थियो । फिल्म हेरेपछि सबैले तारिफ गर्नुभयो । मेरो अभिनयमा निखारता आएको दर्शक प्रतिक्रियाले धेरै हदसम्म रिलिफ महशुस भएको छ । अब ‘सर्ट टर्म विश्राम’ लिन्छु अनि नयाँ फिल्म गर्छु ।’ 
 
डेब्यू फिल्म 'ए मेरो हजुर २' बाट केही अवार्ड कार्यक्रममा उत्कृष्ट नव-अभिनेताको अवार्ड चुमेका सलिनले गएको बैशाखमा डि सिने अवार्डमा 'यात्रा' बाट पहिलो पटक उत्कृष्ट अभिनेताको अवार्ड उचाले । उत्कृष्ट अभिनेताको अवार्ड पाएपछि उनी झन् हौसिएका छन् । उनले सर्वोत्कृष्ट अभिनेता घोषित भएपछि आफूलाई राम्रो फिल्म गर्नुपर्ने थप जिम्मेवारी महशुस भएको बताएका छन् । 
 
'यात्रा' ले सलिनलाई एकपटक फेरि डिमान्डेड बनाएको छ । अब उनको पारिश्रमिक पनि बढ्ने देखिन्छ । अहिले उनलाई लिएर फिल्म बनाउन निर्माता/निर्माता बीच हानाथाप सुरु भएको छ । शहरिया युवापुस्तामा राम्रो फ्यान फलोइंग भएका उनले  तेस्रो फिल्मको रुपमा कुन रोज्नेछन् ? धेरैलाई चासो छ । उनको विश्राम 'यात्रा' को थकाई मार्न मात्र सीमित नभएर राम्रो फिल्म रोज्नका लागि पनि हुनेमा दर्शक आशावादी छन् ।
Share:

‘कप्स’ पोस्टरमा अनुपको एंग्री लुक्स

भिलेन टर्न अभिनेता अनुप विक्रम शाही स्टारर फिल्म ’कप्स’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । जेठ १७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्मको दुई पोस्टरमा अनुपलाई एंग्री लुक्समा देख्न सकिन्छ । फिल्ममा उनी डिएसपीको भूमिकामा छन् । नव-अभिनेत्री सन्दिपा लिम्बु, अनुपा भट्टराई र अमित गिरी पनि पोस्टरमा फिचर्ड छन् । 
   
फिल्मलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् । एक कर्तव्यनिष्ठ प्रहरीको कथामा फिल्म आधारित छ । खलपात्रमा अत्याधिक रुचाइएका अनुपले यस फिल्ममा एक सच्चा प्रहरी अफिसरको भूमिका निभाएका छन् । ‘कप्स’ बाट सन्दिपाले नेपाली फिल्ममा डेब्यू गर्दैछिन् । फिल्मले पोलिटिक्स, प्रहरी र जनताको कथा बोल्ने निर्देशक सापकोटा बताउँछन् । 

 
रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । ‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’ को निर्माणमा बनेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन र अष्ट महर्जनको द्वन्द्व छ । 
 
एक्सन र लभस्टोरी जनरामा बनेको फिल्ममा कविराज गहतराज र शिशिर खातीको नृत्य र विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत छ । विपिन मल्लले फिल्मको सम्पादन गरेका छन् । सञ्जय श्रेष्ठको ब्याग्राउण्ड स्कोर छ । फिल्मलाई वि.के. फिल्मस् र जय श्री पाथीभराले वितरणको जिम्मा लिएका छन् । 
Share:

नायक विवेकलाई ज्यान मार्ने धम्की

बलिउड नायक विवेक ओबरोय अहिले विवादमा तानिएका छन् । उनले आफ्नो टि्वटरमा एक मिम सेयर गरेपछि उनी विवादमा तानिएका हुन् । उनले ऐश्वर्य रायमाथि गरिएको मिमलाई आफ्नोर टि्वटरमा सेयर गरेका थिए । पछि विवेकले माफी समेत माग्नुपर्यो ।
अहिले उनै विवेकलाई नक्सलवादीले ज्यान मार्ने धम्की दिएका छन् । नक्सलवादीले विवेकलाई चलचित्र ‘पीएम नरेन्ऽ मोदी’को कारणलाई लिएर ज्यान मार्ने धम्की दिएका हुन् । नरेन्द्र मोदीको जीवनमा आधारित रहेर निर्माण भएको उक्त चलचित्रमा विवेकले मुख्य भूमिका निर्वाह गरेका छन् ।
उक्त धम्कीपछि विवेकलाई मुम्बई पुलिसले सुरक्षा दिइरहेको छ । विवेकलाई बुधबारबाट दुई नीजि सुरक्षाकर्मी प्रदान गरिएको छ । विवेकको घर बाहिर एक पुलिस वाहन पनि राखिएको छ ।
Share:

‘बीर विक्रम २’ हेरेर रोएँ : आँचल शर्मा

निर्देशम मिलन चाम्स निर्देशित फिल्म ‘बीर विक्रम २’ गएको शुक्रवारबाट देशभरका हलमा प्रदर्शनरत छ । पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी, बुद्धि तामाङ स्टारर फिल्मले मित्रताको कथा वाचन गरेको छ । इनिसियल व्यापार राम्रो भए पनि आइतबारबाट फिल्मको कलेक्सन ग्राफ क्रमशः ओरालोलाग्दो छ । फिल्मलाई दर्शकले राम्रो/नराम्रो दुबैथरी बोल्दा समीक्षकले भने पिटिक्कै रुचाएका छैनन् । 
 
एकसाथ प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ को ‘वर्ड अफ माउथ’ बलियो हुँदा त्यसको प्रत्यक्ष असर ‘बीर विक्रम २’ ले नराम्रोसँग बेहोर्नु परेको छ । आइतबारबाट मल्टीप्लेक्समा यो फिल्मको सोजमा निकै गिरावट आएको छ । सिंगलमा भने राम्रो व्यापार गरिरहेको वितरकले बताएका छन् । भोली शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन आरम्भ गर्ने यो फिल्म करीब ३ वर्ष अगाडि प्रदर्शनमा आएको ‘बीर विक्रम’ को दोस्रो सिरिज हो । 
 
फिल्ममा अभिनय गरेका कलाकार र निर्देशक चाम्सको आग्रह स्वीकार गर्दै अहिले दैनिकजसो हलमा पुगेर फिल्मकर्मीहरुले ‘बीर विक्रम २’ हेरिरहेका छन् । बुधवार दिउँसो बालाजुमा रहेको विएसआर हलमा पुगेर अभिनेत्री आँचल शर्माले फिल्म हेरिन् । उनीसँगै पल, नाजिर, बुद्धि, वर्षा र निर्देशक चाम्सले पनि साथमा बसेर फिल्म हेरे । फिल्म हेरेपछि आँचलले कलाकारदेखि निर्देशकसम्म सबैको तारिफ गरिन् । 
 
 फिल्मको अन्तिममा मैले आँसु नै रोक्न सकेको थिइनँ । बीर र विक्रमको मित्रता देखेर मेरो पनि त्यस्तै साथी भइदिए पनि हुन्थ्यो भन्ने महशुस भयो‘, उनले अगाडि भनिन्, ‘फिल्म एकदमै राम्रो छ । मैले त भरपूर इन्जोय गरेँ । कलाकारहरु सबैको अभिनय उत्कृष्ट लाग्यो । सबैले आफ्नो चरित्रलाई न्यायपूर्वक निभाउनुभएको छ ।‘ आँचल स्क्रिनमा आफ्नो निकै रुचाइएको जोडी पलको तारिफ गरेर थाकिनन् । 
 
अघिल्ला फिल्महरुमा आफूलाई कहिँ कतै रियल पल महशुस भएको बताउँदै ‘बीर विक्रम २’ मा अलग पाएको उनले बताइन् । उनी भन्छिन्, ‘‘शत्रु गते’  मा मैले धेरै ठाउँमा रियल पल महशुस गरेको थिएँ । ‘बीर विक्रम २’ मा उहाँको स्टाइल निकै फरक लाग्यो । कतै पनि रियल पल महशुस भएन ।’’ उनले अभिनेत्री वर्षाको क्यारेक्टरमा आफूलाई रिलेट गरेको पनि बताइन् । 
 
निर्देशक मिलन चाम्सले फिल्मले राम्रो व्यापार गरिरहेको बताए । उनी दर्शकले फिल्म रुचाउनु नै आफूहरुकोे मिहिनेतले साकार भएको बताउँछन् । फिल्मको एकहप्ते व्यापार साढे २ करोडको आसपास हुने उनको अनुमान छ । अभिनेता पलले आफूलाई दर्शकले बीरको नामबाट बोलाउन थालेकोमा खुसी व्यक्त गरे । नाजिर, वर्षा र बुद्धि पनि दर्शक प्रतिक्रियाबाट खुसी छन् । 
Share:

दुर्गम क्षेत्रमा अत्याधुनिक मल्टिप्लेक्स खोल्दै अजय देवगन

अजय देवगन भारतका विभिन्न शहरमा मल्टिप्लेक्स खोल्दैछन् । अजयले भारत उत्तर प्रदेशको हापुड र गाजीपुरमा दुई सिंगल थिएटर्स पहिले नै खरिद गरेका छन् । अब उनी भारतको दूरगामी क्षेत्रमा नयाँ मल्टीप्लेक्स खोल्नका लागि भारु ६ सय करोड लगानी गर्दैछन् ।
उनको लक्ष्य छ कि भारतको उत्तर र दक्षिणी भेगमा २ सय ५० स्क्रीन खोल्ने । अजयको मल्टीप्लेक्स भेन्चरको पहिलो लन्च जुनमा मध्य प्रदेशको रतलाममा हुनेछ । एनवाई सिनेमाको खास उदेश्य के छ भने दुर्गम क्षेत्रका मानिसहरुका लागि अत्याधुनिक थिएटर्सको सुविधा दिने ।
अजयको हालै मात्र कमेडी फिल्म ‘दे दे प्यार दे’ सार्वजनिक भएको छ । यस फिल्ममा उनीसँग रकुल प्रीत र तब्बु छन् । यसै बर्ष अजयको टोटल धमाल पनि सार्वजनिक भएको थियो । उक्त फिल्मले बक्स अफिसमा धमाका मच्याएको थियो ।
अजयको बारेमा रकुलको यस्तो खुलासा
‘अजय सरसँग काम पटक्कै गाह्रो थिएन । काम गर्नका लागि आवश्यक हुन्छ कि आफुले अभिनेतासँग सहज महसुष गरियोस् । अजय सरले मलाई एकदमै सहज महसुष गराइदिए । उनलाई यस कुराको कतिपनि घमन्ड थिएन कि उनी यत्ति ठूला स्टार र म यो कुरा तब्बु म्याडमको हकमा पनि भन्न चाहन्छु । उनी पनि एकदम सिम्पल । सेटमा दुबैले रमाइलो माहौल बनाइरहन्थे । यो कुरा  दे दे प्यार दे जस्तो फिल्मको लागि एकदम जरुरी थियो । यसमा हामी सबै कलाकारको समूचित तालमेल भयो । मलाई कुनैपनि क्षण लागेन कि म फिल्ममा काम गर्दैछु ।’
रकुल प्रीतको अनुभव हो यो । उनले हिन्दी फिल्ममा आफ्नो करियर ‘यारियां’बाट सुरु गरेकी थिइन् । उनी अजय देवगनकी हिरोइन बनिन् र यसलाई ठूलो कुरा मानिन् । एक हिन्दी अनलाइनसँग कुरा गर्दै रकुलले भनेकी छिन्, ‘म एकदम राम्रो मान्छे पनि हुँ । सेटमा मैले कसैसँग कुनै टिप लिइन । तपाईं ठूलो कलाकारसँग काम गर्दै हुनुहुन्छ भने केही सिक्नु पनि हुन्छ । एक्टिङ एक्सन र रिएक्सनको खेल हो ।’
दुबै अजय र तब्बु राष्ट्रिय पुरस्कार विजेता कलकार हुन् । उनीहरुसँग काम गर्दा डर लागेन ? भनी सोधिएको प्रश्नमा रकुलको यस्तो जवाफ छ ।
‘मलाई यस कुराको कहिले पनि डर लागेन कि मेरो सामुन्ने जतिसुकै ठूलो कलाकार किन नहोस् । बरु म खुसी हुन्छु यत्तिका ठूला कलाकारसँग काम गर्न पाइएको छ । एक कलाकारको हिसाबले म कुनै दिन ठूलो कलाकार बन्नेछु भन्ने सपना देख्छु । अहिले नै डराउन थालियो भने भोलि म आफ्नो लक्ष्यमा कसरी पुग्न सक्छु र ?’
साभार:onlinekhaber.com
Share:

रहस्यमय दासढुंगा दुर्घटनामा ‘दासढुंगा २’ बन्ने

तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दासढुंगा दुर्घटनामा आधारित फिल्म ‘दासढुंगा’ को च्याप्टर २ निर्माण हुने भएको छ । सन् २०१० मा रिलिज भएको फिल्मलाई मनोज पण्डितले निर्देशन गरेका थिए । सिक्वेलमा भने उनलाई कुमार भट्टराईले रिप्लेस गरेका छन् । 
दासढुंगा काण्डपछि त्यसको प्रत्यक्ष असर पारेका क्षेत्रको कथालाई ‘दासढुंगा २’ ले उठाउने र यसका लागि अहिले अनुसन्धान भइरहेको निर्माता अपिल विष्टले जानकारी दिए । सोमवार फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको छ, जहाँ 'राष्ट्रपति, प्रधानमन्त्री, राजनीति र दर्घटना' लाई फिल्मले केलाउने उल्लेख छ ।
फिल्मले दासढुंगा हत्या हो कि दुर्घटना हो ? भन्ने प्रश्नलाई धेरै हदसम्म चिरफार गर्ने विष्टले बताए । फिल्ममा अभिनय गर्ने कलाकारको टुंगो भने लागिसकेको छैन । केही दिनमा लिड रोलमा अभिनय गर्ने कलाकार फाइनल हुने निर्देशक भट्टराईले बताए । चाप्टर २ मा ‘दासढुंगा’ का केही कलाकारहरु पनि दोहोरिनेछन् । भने, केही नयाँको प्रवेश हुनेछ । 
अपिल विष्ट फिल्मसको प्रस्तुति रहने फिल्मसँग अस सिनेमा र म्याजिक माउन्टेन मुभिजले सहकार्य गरेका छन् । कुशल पाण्डे निर्माता रहने फिल्ममा दीपक ओली र प्रकाश केसीले कार्यकारी निर्माताको भूमिका निर्वाह गर्नेछन् । ‘दासढुंगा’ मा सौगात मल्ल, अनुप बराल, संचिता लुइँटेल, दयाहाङ राईलगायतको अभिनय थियो । 
२०५० जेठ ३ गते दासढुंगामा मदन भण्डारी र जीवराज आश्रतिको जिप 'दुर्घटना' मा मृत्यु भएको थियो । त्यसयता सरकारी र नागरिक स्तरमा अनेक छानबिन आयोग बने पनि सत्य बाहिर आउन सकेको छैन । जिप-चालक अमर लामाको २०६० असार ११ गते कीर्तिपुरमा रहस्यमय हत्या भएपछि दासढुंगा घटना झन् रहस्यमय बनेको हो । 
Share:

Facebook

Latest News

IMDB मा उत्कृष्ठ १० रेटिङ प्राप्त नेपाली चलचित्रहरु

आखिर कुन चाहिँ १० उत्कृष्ठ नेपाली फिल्मलाई इन्टरनेट मुबि डाटावेस आइएमडीबीमा कति    रेटिङ गरिएको छ  ।   हेर्नुहोस् लिष्ट :- नम्बर १० मा रहेको...

Messenger Chat

Hungry Check here

Hungry Check here

Pages