Hungry Check Here

Hungry Check Here

सलिनमानको विश्राम केका लागि ?

झरना थापा निर्देशित फिल्म 'ए मेरो हजुर २' बाट सानदार डेब्यू गरेका अभिनेता सलिनमान बनियाको दोस्रो फिल्म 'यात्रा' गएको चैत २९ मा प्रदर्शनमा आएको थियो । आफ्नै डेब्यू फिल्मको तेस्रो सिरिजसँगको भिडन्तले बक्सअफिसमा यो फिल्मलाई ठूलो असर गरेको थियो । तर, फिल्मले हलमा हावा भने खाएन । निर्माताहरु फिल्मले घरेलु बजारबाटै लगानी उठाएको दावी गर्दै आइरहेका छन् । 
 
यो ३ करोडको लागतमा बनेको फिल्म हो । यसले लगानी सुरक्षित गर्न मात्र घरेलु बजारबाट ९ करोडको आसपासमा व्यापार गर्नुपर्छ । अभिनेता अनमोल केसी स्टारर फिल्म 'ए मेरो हजुर ३' को लाइफटाइम कलेक्सन नै ९ करोड पुग्न नसकेको अवस्थामा 'यात्रा' ले लगानी सुरक्षित गर्‍यो भन्ने निर्माताको दावीलाई विश्वास गर्न सकिन्न । यद्यपि, फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया भने बटुलेको थियो । 
 
फिल्म 'यात्रा' ले अभिनेता सलिनको फिल्म करिअरमा एउटा इट्टा थप्ने काम गरेको छ । डेब्यू फिल्ममा उनको अभिनयको चौतर्फी आलोचना भएको थियो । लुक्सको वाह-वाही भए पनि दर्शक/समिक्षक कसैले अभिनय रुचाएका थिएनन् । 'यात्रा' मा भने उनको अभिनयको निकै प्रशंसा भयो । उनले अभिनयमा निखारता प्रदान गरेका थिए । एक्सनमा पनि राम्रो सम्भावना देखाएका छन् । 
डेब्यू फिल्म 'ए मेरो हजुर २' पछि कहिल्यै फिल्म नगर्ने मुडमा रहेको बेला उनलाई 'यात्रा' अफर भएको थियो । स्क्रिप्ट राम्रो लागेपछि सलिनले फिल्म नगर्ने निर्णय त्यागेका थिए । 'यात्रा' मा आफ्नो कामको प्रशंसा भएपछि उनी अब राम्रो स्क्रिप्ट र राम्रो टिमबाट अफर आएर निरन्तर फिल्म गर्ने मनस्थितिमा छन् । तर, केही महिना उनी फिल्मबाट विश्राम लिँदैछन् । उनले 'यात्रा' को दौडधुपले आफू निकै गलेको बताएका छन् । 
 
उनी भन्छन्, ‘फिल्मको छायांकन समयमा नसकिँदा राम्रै दौडधुप गर्नुपर्‍यो । प्रचारमा पनि उस्तै खटिएँ । आफ्नो कामले दर्शकलाई सन्तुष्ट बनाउन सक्छ कि सक्दैन भन्ने अर्को तनाव थियो । फिल्म हेरेपछि सबैले तारिफ गर्नुभयो । मेरो अभिनयमा निखारता आएको दर्शक प्रतिक्रियाले धेरै हदसम्म रिलिफ महशुस भएको छ । अब ‘सर्ट टर्म विश्राम’ लिन्छु अनि नयाँ फिल्म गर्छु ।’ 
 
डेब्यू फिल्म 'ए मेरो हजुर २' बाट केही अवार्ड कार्यक्रममा उत्कृष्ट नव-अभिनेताको अवार्ड चुमेका सलिनले गएको बैशाखमा डि सिने अवार्डमा 'यात्रा' बाट पहिलो पटक उत्कृष्ट अभिनेताको अवार्ड उचाले । उत्कृष्ट अभिनेताको अवार्ड पाएपछि उनी झन् हौसिएका छन् । उनले सर्वोत्कृष्ट अभिनेता घोषित भएपछि आफूलाई राम्रो फिल्म गर्नुपर्ने थप जिम्मेवारी महशुस भएको बताएका छन् । 
 
'यात्रा' ले सलिनलाई एकपटक फेरि डिमान्डेड बनाएको छ । अब उनको पारिश्रमिक पनि बढ्ने देखिन्छ । अहिले उनलाई लिएर फिल्म बनाउन निर्माता/निर्माता बीच हानाथाप सुरु भएको छ । शहरिया युवापुस्तामा राम्रो फ्यान फलोइंग भएका उनले  तेस्रो फिल्मको रुपमा कुन रोज्नेछन् ? धेरैलाई चासो छ । उनको विश्राम 'यात्रा' को थकाई मार्न मात्र सीमित नभएर राम्रो फिल्म रोज्नका लागि पनि हुनेमा दर्शक आशावादी छन् ।
Share:

1 comment:

Facebook

Latest News

IMDB मा उत्कृष्ठ १० रेटिङ प्राप्त नेपाली चलचित्रहरु

आखिर कुन चाहिँ १० उत्कृष्ठ नेपाली फिल्मलाई इन्टरनेट मुबि डाटावेस आइएमडीबीमा कति    रेटिङ गरिएको छ  ।   हेर्नुहोस् लिष्ट :- नम्बर १० मा रहेको...

Messenger Chat

Hungry Check here

Hungry Check here

Pages