काठमाडौँ — बेला यस्तै छ । जब जब पृथ्वी वा प्रकृतिको कुनै कुरा मानिसको पकडभन्दा बाहिर जान्छ, त्यो बेला हाम्रा लागि खराब हुन्छ । यो त्यस्तै बेला हो ।कोरोना भाइरसको महामारी हाम्रो पकडभन्दा बाहिर पुगिसकेको छ। यसैले त यो छिमेकी चीनबाट निस्किएर संसारभर पुगिसकेको छ। संसारका दुई निकै साना टापु टाइपका देशमामात्र यो पुग्न बाँकी छ।
नेपालमा पनि कोरोना संक्रमण देखिएपछि सरकारले ७ दिनका लागि लक डाउन घोषणा गरेको छ। आजैबाट सुरु हुने लकडाउन चैत १८ गतेसम्मका लागि हुनेछ।
'लकडाउन' को आशय हो, नागरिकहरु घरबाट बाहिर ननिस्किउन्। र, मान्छेले नै संसारभर पुर्याएको यो भाइरस एक व्यक्तिबाट अर्कोमा नसरोस्।
तपाईंका स्कुल, कलेज र कार्यालय बन्द होलान्। पुरै दैनिकी परिवर्तन भएको होला। यस्तोमा समय के गरेर कटाउने? वा यस अवधिमा केही सिर्जनात्मक काम गर्ने कि? यो तपाईंको रोजाइको कुरा। समय पनि कटाउने र सिर्जनात्मक पनि हुने मन छ भने यसका दुई उपाय छन्– किताब पढ्ने, फिल्म हेर्ने।
वैकल्पिक फिल्म- 'दी ब्लु काइट'
विकल्प हुनसक्छ– १९९३ मा आएको तियान चियाङचियाङको फिल्म ‘दी ब्लु काइट’। चिनियाँ इतिहासको अर्को महत्वपूर्ण समय सांस्कृतिक क्रान्तिको यो कथा दस वर्षसम्म चीनमा प्रतिबन्धमा परेको थियो। सांस्कृतिक क्रान्तिको तिखो आलोचना गर्ने यो फिल्मले पनि निरीह मानिसको संघर्षको कथा भन्छ। – साभार
No comments:
Post a Comment