तेलुगु चलचित्र अर्जुन रेड्डिको रिमेकमा जि ट्वान्टीवान को सहकार्य रहने पक्का भएको छ । अब यो फिल्ममा युवा फिल्मस् र जि ट्वान्टीवान को संयु्क्त लगानि रहने छ । यो सँगै चलचित्रको निर्देशन बिशाल सापकोटाले गर्ने पनि युवा फिल्मस्का केशव खड्काले जनाएका छन् ।
अर्जुन रेड्डि तेलुगु चलचित्र हो जसको लेखन निर्देशन सन्दिप बाङेगाले गरेका थिए भने चलचित्रमा साई विजय देवकोडां र शालिनि पाण्डको मुख्य अभिनय रहोको थियो । पाँच करोडको बजेटमा बनेको यो फिल्मले बक्स अफिसमा ब्लकबष्टर को व्यापार गरेको थियो साथै यहि फिल्मले नायक विजयलाई स्थापित सुपर स्टार बनाउन पनि सहयोग गरेको थियो । हाल सम्म यो फिल्मलाई हिन्दिमा साहिद कपुर लाई लिएर कबिर सिँहको नाममा रिमेक गरिएको छ । भने तामिल भर्जनमा नायक विक्रमका छोरालाई लिएर आदित्य बर्माको नाम बाट बनाई सकेको छ । जसमा कबिर सिँह बर्ष २०१९ को ब्लक्बष्टर हिट भयो भने तामिलमा पनि राम्रै व्यापार गरेको थियो ।
हाल यसको नेपालि रिमेकमा नायक आर्यन सिग्देललाई लिने चर्चा भए पनि यो खबर पक्का नभएको निर्माण कम्पनिले जनाएको छ । अब यसको नेपालि रिमेकले उक्त चलचित्रको मर्मलाई चुस्त रुपमा उतारला कि न उतार ला त्यो भने भने हेर्न बाकिँ नै छ ।
साथै चाडैँ नै चलचित्रको नायक नायिकालाई अडिसन मार्फत छनौट गरि एक कार्यक्रम बिच सार्वजनिक गर्ने निर्माण कम्पनिले जनाएको छ ।
No comments:
Post a Comment