Hungry Check Here

Hungry Check Here

IMDB मा उत्कृष्ठ १० रेटिङ प्राप्त नेपाली चलचित्रहरु

आखिर कुन चाहिँ १० उत्कृष्ठ नेपाली फिल्मलाई इन्टरनेट मुबि डाटावेस आइएमडीबीमा कति  रेटिङ गरिएको छ  हेर्नुहोस् लिष्ट :-

नम्बर १० मा रहेको छ चलचित्र ए मेरो हजुर सन् २००२ मा रिलिज भएको यो चलचित्र लाई आइएमडीबीमा ८ पइन्ट ८ को रेटिङ मिलेको छ । यो चलचित्रलाई बरिष्ठ चलचित्र र्निदेर्शक शिब रेग्मीले र्निदेशन गरेका हुन भने यस चलचित्रमा नायक शिव श्रेष्ठ नायिका झरना थापा गणेश उप्रेति शुसिला राईमाझी लगायत कलाकारको अभिनय रहेको थियो ।



नम्बर ९ मा रहेको छ सन् २०२० मा रिलिज चलचित्र आमाड्रमा जनराको यो चलचित्र ११२ मिनेट लम्बाईको छ । यो चलचित्रलाई ८ पइन्ट ९ को आएमडीबी को रेटिङ मिलेको छ । यो चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् भने चलचित्रमा नायिका शुरक्षा पन्त लगायत कलाकारहरु मिथिला शर्मा सरिता गिरि देशभक्त खनाल अशान्त शर्मा आदिको अभिनय रहेको थियो ।



नम्बर ८ मा रहेको छ सन् २०१६ मा रिलिज चलचित्र डाइङ क्यान्डल पारिवारिक र ड्रमा जनराको यो चलचित्रको लम्बाई १२८ मिनेट रहेको छ । यस चलचित्रलाई पनि ८पइन्ट९को आएमडीबीको रेटिङ मिलेको छ । नरेश कुमार केसीले निर्देशन गरेको यो चलचित्रमा सौगत मल्ल सिर्जना सुब्बा बिद्या कार्कि आदि कलाकारको अभिनय रहेको छ ।



नम्बर ७ मा रहेको छ सन् २०१५ मा रिलिज चलचित्र त्यान्द्रो ,एक्सन र ड्रामा जनाराको यो चलचित्रको लम्बाई ११२ मिनेट रहेको छ । यस चलचित्रलाई पनि ८पइन्ट९को आएमडीबीको रेटिङ मिलेको छ सामतेन भुटियाको निर्देशन रहेको यो चलचित्रमा दयाहाङ राई कमल मनि नेपाल बुद्घि तामाङ ,राजन खतिवडा आदि कलाकारको अभिनय रहेको छ ।



नम्बर ६ मा रहेको छ सन् १९९६ मा रिलिज चलचित्र सिमाना एक्सन र ड्रामा जनाराको यो चलचित्रलाई पनि ८पइन्ट९को आएमडीबीको रेटिङ मिलेको छ । प्रकाश सयामीको निर्देशनमा बनेको यो चलचित्रमा राजेश हमाल धिरेन शाक्य मेलिना मानन्धर हेमन्ता बुढाथेकी आदि कलाकारको अभिनय रहेको छ ।



नम्बर ५ मा रहेको छ सन् २००२ मा रिलिज चलचित्र बक्सिस यो चलचित्रलाई ९पइन्ट शुन्य को आएमडीबी रेटिङ मिलेको छ । दिपक आलोक कोे निर्देशनमा बनेको यो चलचित्रमा राजेश हमाल गौरी मल्ल निर साह बिपना थापा आदि कलाकारको अभिनय रहेको छ ।



नम्बर ४ मा रहेको छ सन् १९६६ मा रिलिज चलचित्र माइतीघर ड्रामा र साँगितिक जनराको यो चलचित्रको लम्बाई १३४ मिनेट रहेको छ । यो चलचित्रलाई ९ पइन्ट शुन्य को आएमडीबी रेटिङ प्राप्त भएको छ । बिएस थापाको निर्देशनमा बनेको यो चलचित्रमा माला सिन्हचिदम्बर प्रसाद लोहनी ,टिका भुसन दाहाल सुनिल दत्त लगायत कलाकारको अभिनय रहेको छ ।



नम्बर ३ मा रहेको छ सन् १९९७ मा रिलिज चलचत्रि बलिदानड्रामा जनराको यो चलचित्रलाई ९ पइन्ट १ को आएमडीबी रेटिङ मिलेको छ । यो चलचित्रलाई भेटरेन निर्देशक तुलशी घिमिरेले निर्देशन गरेका हुन् भने यो चलचित्रमा हरिवंश आचार्य मदन कृष्ण श्रेष्ठ निर शाह आदी कलाकारको अभिनय रहेको छ ।



नम्बर २ मा रहेको छ सन् २०२० मा रिलिज चलचित्र जिउदो ड्रामा र रोमान्स जनराको यो चलचित्रको लम्बाई १५० मिनेट रहेको छ । यो चलचित्रलाई ९ पइन्ट २ को आएमडीबी रेटिङ प्राप्त भएको छ । यो चलचित्रलाइ आलमिस्ट सुब्बाले निर्देशन गरेका हुन् भने प्रशान्त बराइली दाभिना प्रनिशा गहतराज,पुजन घिसिङ आदि कलाकारको चलचित्रमा अभिनय रहेको छ ।



यो सँगै ९ पइन्ट २ को आएमडीबी रेटिङ सँगै नम्बर १ मा रहेको छ सन् १९६४ मा रिलिज चलचित्र आमा । एक्सन र ड्रमा जनराको यो चलचित्रको लम्बाई १०९ मिनेट रहेको छ । यो चलचित्रलाइ हिरा सिहँ खत्रीले निर्देशन गरेका हुन् भने चलचित्रमा शिव शंखर भुवन चन्द बिक्रम बहादुरबसुन्धारा भुसाल आदि कलाकारको अभिनय रहेको छ ।

माथि उल्लेखित चलचित्रहरु को हालसालैको तथ्यबाट साभार गरिइएको हो । 

Share:

७ दिने ‘लकडाउन’लाई फिल्म

काठमाडौँ — बेला यस्तै छ । जब जब पृथ्वी वा प्रकृतिको कुनै कुरा मानिसको पकडभन्दा बाहिर जान्छ, त्यो बेला हाम्रा लागि खराब हुन्छ । यो त्यस्तै बेला हो ।कोरोना भाइरसको महामारी हाम्रो पकडभन्दा बाहिर पुगिसकेको छ। यसैले त यो छिमेकी चीनबाट निस्किएर संसारभर पुगिसकेको छ। संसारका दुई निकै साना टापु टाइपका देशमामात्र यो पुग्न बाँकी छ।
नेपालमा पनि कोरोना संक्रमण देखिएपछि सरकारले ७ दिनका लागि लक डाउन घोषणा गरेको छ। आजैबाट सुरु हुने लकडाउन चैत १८ गतेसम्मका लागि हुनेछ।
'लकडाउन' को आशय हो, नागरिकहरु घरबाट बाहिर ननिस्किउन्। र, मान्छेले नै संसारभर पुर्‍याएको यो भाइरस एक व्यक्तिबाट अर्कोमा नसरोस्।
तपाईंका स्कुल, कलेज र कार्यालय बन्द होलान्। पुरै दैनिकी परिवर्तन भएको होला। यस्तोमा समय के गरेर कटाउने? वा यस अवधिमा केही सिर्जनात्मक काम गर्ने कि? यो तपाईंको रोजाइको कुरा। समय पनि कटाउने र सिर्जनात्मक पनि हुने मन छ भने यसका दुई उपाय छन्– किताब पढ्ने, फिल्म हेर्ने।
वैकल्पिक फिल्म- 'दी ब्लु काइट'



विकल्प हुनसक्छ– १९९३ मा आएको तियान चियाङचियाङको फिल्म ‘दी ब्लु काइट’। चिनियाँ इतिहासको अर्को महत्वपूर्ण समय सांस्कृतिक क्रान्तिको यो कथा दस वर्षसम्म चीनमा प्रतिबन्धमा परेको थियो। सांस्कृतिक क्रान्तिको तिखो आलोचना गर्ने यो फिल्मले पनि निरीह मानिसको संघर्षको कथा भन्छ।                                                                         – साभार

Share:

‘छक्का पञ्जा ४’ र ‘मह जोडी’ को फिल्मसँग ‘ए मेरो हजुर ४’ भिड्ने

हरेक वर्षको दशैंमा फिल्म प्रदर्शन गर्न नेपाली निर्माताबीच ठूलो रस्साकस्सी हुने गरेको छ । दशैं विदामा फिल्म ल्याउँदा हलबाट लगानी उठाउन सजिलो हुने सोचाइका कारण विशेषगरि ठूला ब्यानरले फिल्म प्रदर्शनका लागि दशैं रोज्ने गरेका छन् । अर्को वर्ष (२०७७) को दशैंका लागि पनि यस वर्षदेखि नै नेपाली निर्माताबीच फिल्मको प्रदर्शन मिति घोेषणा गर्न हानाथाप सुरु भएको छ ।  

 
आउँदो वर्षको दशैंको फूलपातीमा अहिलेसम्म दुई फिल्म आउने निश्चित भैसकेको छ । दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गर्न लागेको फिल्म ‘छक्का पञ्जा ४’ र मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले निर्माण तथा अभिनय गर्ने फिल्म आउँदो वर्षको फूलपातीमा प्रदर्शन हुँदैछ । अब, यी दुई फिल्मसँग भिड्न फूलपातीमा अर्को फिल्म थपिएको छ । 
 
Share:

नितेशजंग कुँवर फिल्म खेल्दै, अदितीसँग रोमान्स गर्ने !

पछिल्लो समयका लोकप्रिय गायक हुन्, नितेशजंग कुँवर । उनका फ्यानका लागि खुशीको खबर छ– उनले फिल्म खेल्ने भएका छन् । निर्देशक सुरेन्द्र पौडेलको नयाँ प्रोजेक्टमा उनको  मूख्य भूमिका रहने पक्का भएको हो ।
नितेशलेयसअघि पनि फिल्म खेल्ने इच्छा व्यक्त गर्दै आएका थिए । उनले रामबाबु गुरुङसँगसहकार्य गर्ने चर्चा भएको थियो तर त्यसको चाँजोपाँजो मिलेन । यहीबीच पौडेलकोप्रस्तावलाई नितेशले स्वीकारेका हुन् । उनीसँग अनस्क्रिन रोमान्स गर्ने हिरोइन पनिफाइनल भइसकेको फिल्म टीमका एक सदस्यले जानकारी दिए । उनी हुन्- अदिती बुढाथोकी ।
Share:

तेलुगु चलचित्र अर्जुन रेड्डिको रिमेकमा जि ट्वान्टीवान को सहकार्य

तेलुगु चलचित्र अर्जुन रेड्डिको रिमेकमा जि ट्वान्टीवान को सहकार्य रहने पक्का भएको छ । अब यो फिल्ममा युवा फिल्मस् र जि ट्वान्टीवान को संयु्क्त लगानि रहने छ । यो सँगै चलचित्रको निर्देशन बिशाल सापकोटाले गर्ने पनि युवा फिल्मस्का केशव खड्काले जनाएका छन् ।
arjun reddy nepali remake yuwa films

अर्जुन रेड्डि तेलुगु चलचित्र हो जसको लेखन निर्देशन सन्दिप बाङेगाले गरेका थिए भने चलचित्रमा साई विजय देवकोडां र शालिनि पाण्डको मुख्य अभिनय रहोको थियो ।         पाँच करोडको बजेटमा बनेको यो फिल्मले बक्स अफिसमा ब्लकबष्टर को व्यापार गरेको थियो साथै यहि फिल्मले नायक विजयलाई स्थापित सुपर स्टार बनाउन पनि सहयोग गरेको थियो । हाल सम्म यो फिल्मलाई हिन्दिमा साहिद कपुर लाई लिएर कबिर सिँहको नाममा रिमेक गरिएको छ । भने तामिल भर्जनमा नायक विक्रमका छोरालाई लिएर आदित्य बर्माको नाम बाट बनाई सकेको छ । जसमा कबिर सिँह बर्ष २०१९ को ब्लक्बष्टर हिट भयो भने तामिलमा पनि राम्रै व्यापार गरेको थियो ।

 हाल यसको नेपालि रिमेकमा नायक आर्यन सिग्देललाई लिने चर्चा भए पनि यो खबर पक्का नभएको निर्माण कम्पनिले जनाएको छ । अब यसको नेपालि रिमेकले उक्त चलचित्रको मर्मलाई चुस्त रुपमा उतारला कि न उतार ला त्यो भने भने हेर्न बाकिँ नै छ ।
     साथै चाडैँ नै चलचित्रको नायक नायिकालाई अडिसन मार्फत छनौट गरि एक कार्यक्रम बिच सार्वजनिक गर्ने निर्माण कम्पनिले जनाएको छ ।

Share:

नयाँ फिल्म ‘एन्टी हिरो’ मा अभिनेत्री जसिता गुरुङ अनमोल केसी सँग रोमान्स गर्ने फाइनल

काजल फिल्मस्को ब्यानरमा निर्माण हुने नयाँ फिल्म ‘एन्टी हिरो’ मा अभिनेत्री जसिता गुरुङ अभिनेता अनमोल केसी सँग रोमान्स गर्ने फाइनल भएको छ ।गएको केही महिना अगाडि नै फिल्ममा जसिता हुने खबर बाहिरिएको थियो । तर, यो कुरालाई निर्माण टिमले अफवाह बताउँदै आएको थियो । बुधवार भने फिल्मका निर्माता भुवन केसी र अभिनेत्री जसिता गुरुङबीच कागजी सम्झौता भएको छ ।
फिल्म ‘लिलिबिली’ बाट अभिनय करिअर सुरुवात गरेकी अभिनेत्री जसिताको पछिल्लो रिलिज फिल्म ‘लभ स्टेशन’ हो । यो फिल्म बक्सअफिसमा असफल भएपछि निराश भएकी उनले निर्देशक रेनशा वान्तवा राईको ‘आई एम ट्वान्टिवान’ साइन गरेर बसेको धेरै समय भैसकेको छ । तर, यो फिल्मको छायांकन हुन सकेको छैन । यसमा उनको जोडी अभिनेता धिरज मगरसँग बाँधिदैछ । 
 

काजल फिल्मस्को ब्यानरमा निर्माण हुने ‘एन्टी हिरो’ को छायांकन बैशाख १ गतेबाट सुरु हुने निर्माता भुवन केसीले जानकारी दिए । फिल्मका लागि लिड अभिनेता र अभिनेत्रीको टुंगो लागे पनि निर्देशक भने फाइनल भएका छैनन् । प्राप्त जानकारी अनुसार, फिल्मलाई एक भारतीय निर्देशकले निर्देशन गर्नेछन् । केही दिनमा निर्देशकसँग पनि कागजी सम्झौता हुने बुझिएको छ । 
 
फिल्ममा भुवन केसीले पनि अभिनय गर्दैछन् । फिल्ममा उनी नकारात्मक भूमिकामा देखिने बताइएको छ । फिल्म ‘मिस्टर नेपाली’ रिलिजको संघार रहँदा उनले ‘एन्टी हिरो’ का लागि दाह्री समेत बढाएका थिए । तर, स्क्रिप्टमा समय लाग्ने भएपछि फिल्मको छायांकन पोस्टपोन्ड गरिएको थियो । पहिलो पटक पर्दामा अनमोल र जसिताको जोडी हेर्न दर्शकलाई निकै रोचक हुने देखिन्छ ।
Share:

रेखाको नयाँ फिल्ममा नायक दयाहाङ राई र सौगात मल्ल को इन्ट्रि

अभिनेत्री रेखा थापाले निर्माण गर्ने नयाँ फिल्ममा तीन कलाकारको अभिनयको प्रतिस्पर्धा हुने भएको छ । अभिनेता सौगात मल्ल अनि दयाहाङ राईसँग टिमअप गरेकी रेखाले फिल्ममा तीन कलाकारको अभिनयको प्रतिस्पर्धा हुने बताएकी हुन् ।
एक्सनप्रधान फिल्मलाई सबीर श्रेष्ठले निर्देशन गर्ने भएका छन्। फिल्ममा जगदीश्वर थापाको कथा रहने बताइएको छ। यसअघि अभिनेत्री थापाले कोरियोग्राफर/निर्देशक रेनशा बान्तवा राईसँग फिल्म गर्ने घोषणा गरेकी थिइन्। रेनशासँगको सहकार्यपछि मात्रै यो फिल्म निर्माणमा जानेछ।
रेखाले आफूलाई लामो समयदेखि यी दुई अभिनेतासँग काम गर्ने रहर भएको तर समय नजुटेको पनि बताइन्। यसपाली भने तीनैजनाको समय जुरेको देखिन्छ। स्क्रिप्टले नै अभिनयमा अब्बल कलाकार खोजेपछि यो टिम बन्न पुगेको रेखा बताउँछिन्।

’यो स्क्रिप्टको डिमान्ड हो । हामीलाई एकदमै राम्रो अभिनय गर्ने कलाकारको आवश्यकता थियो । स्टोरीअनुसार उनीहरु नै चाहियो। धेरै अघिदेखि उनीहरुसँग टिमअप गर्ने मन थियो,’ उनले भनिन्।



आफ्ना लागि पुराना कलाकारको जोडी नसुहाउने भएकाले दया र सौगातसँग जोडिएको उनले बताइन्। ’तीनजना कलाकारको कम्पिटिसन हुन्छ भनौं न। रमाइलो हुन्छ। तीनैजना खारिएका कलाकार एउटै पर्दामा देखिँदा कस्तो होला ?’ उनले भनिन्।

Share:

चलचित्र ‘सेल्फी किङ्ग’ को लिरिकल गित सर्वाजनिक

फिल्म ‘सेल्फी किङ्ग’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘जिन्दगीको के छ र भर’ बोलको लिरिकल भिडियो गीतमा सुभाष भुषालको संगीत रहेको छ भने सुरज गैरेको शब्द र केतन क्षेत्रीको स्वर छ । 

गीतको भिडियोमा अभिनेता विपिनको अभिनयले मन छुन्छ । फिल्ममा उनले चर्चित टेलिभिजन हास्यकलाकारको भूमिका निभाएका छन् । फिल्ममा एक हास्यकलाकारको तीन दिनको जीवन उतारिएको छ । यही माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘सेल्फी किङ्ग’ को कथा निर्देशक विशाल सापकोटा आफैंले लेखेका हुन् । 
 
निर्देशक समेत रहेका दिनेश राउत र सुवास थापाले फिल्मको निर्माण गरेका हुन् । यसअघि दिनेश र सुवासबीच फिल्म ‘प्रसाद’ मा सहकार्य भएको थियो । प्रवल कोइराला र राजेश बिसुराल फिल्मका सह-निर्माताको रुपमा रहेका छन् । माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा अभिनेता विपिन कार्कीको श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले निभाएकी छन् । 
 
सुशन प्रजापतिको छायांकन र जीवन थापाको सम्पादन रहेको फिल्ममा निर्मल कुमार लामाको कोरियोग्राफी छ । अभय बराल, भुवन चन्द, लोकमणी सापकोटा, जीवन भट्टराई, सविन बाँस्तोला, बलदीप राई, अमितेष शाहलगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा निर्मल कुमार लामाको कोरियोग्रफी रहेको छ भने जीवन थापाको काँधमा सम्पादनको जिम्मेवारी छ ।
 
गीत हेर्नुहोस् :-

Share:

Box Office Collection

Box Office Collection 2020 

MOVIE NAMEBOX OFFICE COLLECTIONBUDGETSBOX OFFICE VERDICTS
love diariesgood start--
sanglo--flop
sefie king----flop
Commandar--1crore 30 lakhflop
12 SATTAIS--30 LAKH - 50 LAKHhit
Share:

लाइट कमेडि ह्रयुमर समेटेकाे नेपाली फिल्म ‘१२ सत्ताइस’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली फिल्म ‘१२ सत्ताइस’को ट्रेलर सार्वजनिक भएको छ । चलिचत्रकाे  ट्रेलरमा ‘पैसा कमाउन तीन बेरोजगार युवाले गरेकाे संघर्ष लाई देखाइएको छ । ट्रेलरमा हेर्दा सान्दर्भिक र हाम्रै वरपर भइरहेको सत्य घटनालाई कमेडी तरिकाले देखाउन खोजिएको अनुमान लगाउन सकिन्छ ।


फिल्ममा नाइ न भन्नु ल ५ का  अभिषेक नेपाल र यसै  फिल्ममार्फत नायक समिर श्रेष्ठले डेब्यु गर्दै छन   । र फिल्ममा अस्मिता लामिछाने, सम्राट थापा, विना कार्की, अस्मिता खनाल, अभोन राज लगायतका कलाकारहरुले अभिनय गरेका छन् । ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको गौतम शाह सह निर्माता हुन् । फिल्ममा अनिश स्यांगदेनको छायांकन , कृष्ण भण्डारीको सम्पादन ,विक्रम स्वारको कोरियोग्राफी र जोन स्यमंको कथा रहेको छ । जोन योञ्जनले निर्देशन गरेको फिल्ममा रेनु राना, दिपक खतिवडा र रुपक थापाको लगानी रहेको छ ।   यो फिल्म आउँदो मंसिर २७ गतेबाट रिलिज हुदैँछ ।
 हेरो ट्रेलर :

Share:

सुजन शंकर को नयाँ गीत स्किर्ट को जमानाकाे म्युनिक भिडियाे सार्वजनिक

पुर्बका चर्चित गायक सुजन शंकर को नयाँ गीत  स्किर्ट को जमाना सार्वजनिक भएको छ।  यस गीत मा सुजन आँफैले शब्द संगीत गरेका छन् भने रिकेश गुरुङले एरेन्ज गरेका हुन् ।  डान्सिंग बीट को यो गीत लाई विशाल रसाइली ले कोरेयोग्राफी गरेको छन्।

   नयाँ कुरो को अफिसियल युट्युब च्यानलबाट याे गित काे भिडियाे  सर्वाजनिक भएकाे छ । याे गितमा राेशन मगर,  नेवा नेम्बाङ र राेमन राइले अभिनय गरेका छन् ।याे गितकाे  भिडियाेलाइ  विशाल रसाइलिले नै निर्देशन गरेका हुन् ।
भिडियाे हेर्नुहाेु्स् :

Share:

Reel to Real Life Couple of Bollywood Movies

1. KAJOL-AJAY DEVGN
Ajay and Kajol
2. ABHISHEK BACHCHAN-AISHWARYA RAI BACHCHAN
3. BIPASHA BASU-KARAN SINGH GROVER
4. RANVEER AND DEEPIKA 

Share:

Kahaani Mein Twist – Kartik Aaryan To Replace Akshay Kumar In Bhool Bhulaiyaa 2?

Bhool Bhualaiyaa [2007] stays on to be one of the most loved and remembered films of Akshay Kumar even though it has been more than a decade since it hit the screens. Remake of Rajinikanth starrer Chandramukhi, the film was a major hit back then. No wonder, a sequel of the film is being planned and has been aptly titled Bhool Bhualaiyaa 2

All eyes though are on who would be featuring as a main lead this time around, and the name that has emerged is that of Kartik Aaryan.
  
Share:

Facebook

Latest News

IMDB मा उत्कृष्ठ १० रेटिङ प्राप्त नेपाली चलचित्रहरु

आखिर कुन चाहिँ १० उत्कृष्ठ नेपाली फिल्मलाई इन्टरनेट मुबि डाटावेस आइएमडीबीमा कति    रेटिङ गरिएको छ  ।   हेर्नुहोस् लिष्ट :- नम्बर १० मा रहेको...

Messenger Chat

Hungry Check here

Hungry Check here

Pages