अहिले अभिनेत्री आँचल शर्मा मह जोडीको फिल्म 'शत्रु गते' मा काम गरेर पछुताएकी छन् । अब हुलमुलका फिल्म नगर्ने उनले कसम समेत खाएकी छन् । 'शत्रु गते' मा धेरै कलाकार हुँदा आफू छायाँमा परेको उनको कुरा थियो ।
हुलमुलकै फिल्म बढी गरिरहेका अभिनेत्री द्वय प्रियंका कार्की र बर्षा राउतलाई पनि के यो महशुस भएको छ ? मल्टिस्टारर फिल्म 'दाल भात तरकारी' मा पुनः एकपटक सँगै काम गर्न लागेका यी दुई अभिनेत्रीलाई पत्रकारले प्रश्न गरे ।
दुवै अभिनेत्रीले आँचलको कुरामा सहमती जनाएनन् । प्रियंका भन्छिन्, 'एउटा अब्बल कलाकारलाई फिल्ममा कति कलाकार छन् भन्ने मतलब रहन्न । ५० जना कलाकार भएको फिल्ममा ५ मिनेटको रोल पाउनुभयो भने पनि तपाई 'स्ट्यान्ड आउट' हुनुहुन्छ । '
राम्रो काम गरे कसैका कारण छायाँमा नपर्ने प्रियंकाको तर्क छ । आँचलतर्फ लक्षित गर्दै उनले थपिन्, 'राम्रो काम छ भने दर्शकले अवश्य याद गर्नुहुन्छ । फिल्मभरी रोल छ तर राम्रो छैन भने कसैले याद गर्दैन् ।' छेवैमा रहेकी बर्षाले पनि प्रियंकाको कुरामा सहमती जनाइन् ।
उदाहरण दिन उनले मल्टिस्टारर फिल्म 'छक्का पञ्जा' गर्दाको क्षण सम्झिइन् । 'छक्का पञ्जा' मा आफ्नो सानो रोल भएपनि दर्शकले नोटिस गरेको बताउँदै बर्षा भन्छिन्, 'राम्रो काम गरे कोही कसैका कारणले छायाँमा पर्छ भन्ने लाग्दैन । आफूमा कन्फिडेन्ट हुनुपर्छ ।'
No comments:
Post a Comment