देसी गर्ल प्रियंका चोपडाले विदेशी ब्वाईफ्रेण्ड निक जोनससँग शनिवार इन्गेजमेन्ट गरेकी छन् । सो इभेन्टमा बलिउडका चर्चित सेलेब्सलाई निम्तो दिइएको थियो ।
इन्गेजमेन्ट सेरेमनीमा उपस्थित भएकी उनकी बहिनी परिणीति चोपडाले प्रियंका र निकका लागि एक इमोसनल पोस्ट लेखेर बधाई दिएकी छन् । उनले आफ्नो पोस्टमा प्रियंकासँग विताएको बाल्यकालको याद शेयर गरेकी छन्
यसका अलावा परिणीतिले आफ्नो म्यासेजमा प्रियंका र निकको सम्बन्धको गहिराइको पनि बयान गरेकी छन् । परिणीति लेख्छिन्, 'आज मैले म्याजिक र फेरीटेली स्टोरीको महशुस गरेँ । मलाई याद छ जब हामी बच्चा थियौं 'घर-घर' खेल्ने गर्दथ्यौं ।'
'हामी लजालु दुलही बन्थ्यौं, हाम्रो नक्कली बच्चा हुन्थ्यो र हामी पतिहरुलाई चिया सर्व गर्दथ्यौं । यस्तो यसकारण कि हामीलाई सधैं प्रेमको जादूमा भरोसा थियो र हामीलाई एकदिन आफ्नो लागि परफेक्ट व्यक्ति मिल्नेछ भन्ने विश्वास थियो', उनले लेखेकी छन् ।
'आज केही पनि नक्कली छैन । म उनका लागि योभन्दा परफेक्ट व्यक्तिको बारे सोच्न सक्दिनँ' उनी लेख्छिन्, 'मैले बिहान भनेको थिए, व्यक्तिलाई जज गर्ने दुई तरिका हुन्छ । एक ऊसँग ट्राभल गर्नुस् र अर्को ऊसँग खान खानुहोस् । मैले निकसँग दुवै काम गरेँ । म जान्दछु कि निक परफेक्ट छन् ।'
परिणीतिले निकलाई प्रियंकाले पागल जसरी प्रेम गर्ने पनि बताएकी छन् । उनले अगाडि लेखेकी छन्, 'निक उसको हिफाजत गर्नु किनकी ऊ बाहिरबाट बलियो भएपनि भित्र सफ्ट छ । म तिमीहरु दुवैलाई औधि प्रेम गर्छु र शुभकामना दिन्छु । इन्गेजमेन्टको शुभकामना र चाँडै हुन लागेको विवाहका लागि पनि ।'
No comments:
Post a Comment