Filmy Beats Tv / Kathmandu लभस्टोरी फिल्ममा बढी रुचाइएका युवा स्टार प्रदीप खड्का अचेल आफू अभिनीत नयाँ फिल्म 'रोजी' को प्रचारमा व्यस्त छन् । केही दिन अगाडि मात्र 'लिलिबिली' को अष्ट्रेलिया प्रदर्शन भ्याएर नेपाल फिरेका उनले 'शत्रु गते' टिमले निर्माण गर्न लागेको नयाँ फिल्म उम्काएका छन् ।
किरण केसीले निर्माण गर्ने फिल्म 'दाल भात तरकारी' मा अभिनेता पुष्प खड्का अनुबन्ध भएका छन् । यो फिल्म सबैभन्दा अगाडि प्रदीपलाई अप्रोच गरिएको थियो । उनले फिल्मको वान लाइन स्टोरी पनि सुनेका थिए । तर लगातारको विदेश यात्राका कारण उनले निर्माण टिमसँग छलफल गर्न पाएका थिएनन् ।
हाल भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'रोजी' को डविङ गरिरहेका उनले 'दाल भात तरकारी' हातबाट गुम्नुको बारे खुलाए ।
उनले भने, 'म लगातार देश बाहिर रहेँ । इन्ट्रेस्ट भयो भने रेस्पोन्स गर्नेछु भनेको थिएँ । सायद उहाँहरुले गर्दैन भन्ने सोच्नुभयो होला ।' केही हप्ता अगाडि उनले आफूलाई 'दाल भात तरकारी' र धुर्मुस-सुन्तलीले निर्माण गर्न लागेको फिल्म ‘एन्टीभाइरस’ बाट अफर आएको बताएका थिए ।
दुई फिल्मध्ये एक गर्ने उनको भनाई थियो । 'शत्रु गते' टिमको फिल्म उम्किएपछि अब प्रदीपले धुर्मुस-सुन्तलीको फिल्म गर्ने चर्चा छ । उनले धुर्मुस-सुन्तलीको फिल्म गर्ने वा नगर्ने भन्ने विषयमा अझै तय नभएको बताए ।
'मैले उहाँहरुको वान लाइन स्टोरी मात्र सुनेको हुँ । गर्छु भन्ने कन्फर्म भएको छैन । ‘एन्टीभाइरस’ नगर्न पनि सक्छु', उनले भने । अहिलेका महंगा अभिनेतामा पर्ने प्रदीप 'रोजी' पछि नयाँ फिल्म 'लभ स्टेशन' को सुटिङमा व्यस्त हुँदैछन् ।
No comments:
Post a Comment