प्रायः दैजिकजसो म्यूजिक भिडियोमा देखिरहने अनुहार हुन् पुष्पल खड्का । 'अझै पनि' डेब्यु फिल्म भएपनि भेट्रोन निर्देशक तुलसी घिमिरेको 'दर्पण छायाँ २' बाट उनले लिड रोलमा ब्रेक पाएका थिए । दुर्भाग्य ! दुवै फिल्मले बक्सअफिसमा पानी भन्न पाएनन् ।
तेस्रो फिल्म हातमा पर्ला कि नपर्ला भन्ने सोचमग्न रहँदै गर्दा उनलाई बाघ निर्माता भनिने छविराज ओझाले फिल्म 'मंगलम्' अफर गरे । अभिनेत्री शिल्पा पोखरेल अपोजिटमा र नवल नेपाल निर्देशन गर्ने फिल्ममा उनी ज्वाइन भए ।
फिल्ममा उनले प्यारालाइसिस युवकको भूमिका निर्वाहा गरेका थिए । यो फिल्म उनको करिअरका लागि सञ्जिवनी बुटी बन्यो । 'मंगलम्' पश्चात् उनको नाम 'स्टार अभिनेता' को दौडको लिस्टमा राखिएको छ । यो फिल्मपछि अहिले उनको हातमा भटाभट फिल्म पर्न थालेका छन् ।
अभिनेता प्रदीप खड्काले वास्ता नगरेपछि मह जोडीको नयाँ फिल्म 'दाल भात तरकारी' मा उनी लिड रोलमा अनुबन्ध भएका छन् । यस्तै, उनले 'अझै पनि' निर्मात्री पूनम गौतमको नयाँ फिल्ममा पनि काम गर्ने पक्का भएको छ ।
केही समय अगाडि पुष्पलले भेट्रोन ब्यानरको 'छक्का पञ्जा ३' छाडेका थिए । गेस्ट रोलमा रहेका उनले आफ्नो भागको पूरा स्क्रिप्ट पढ्न नपाएको भन्दै हातबाट फिल्म उम्काएका थिए । रोचक कुरा त उनले 'दाल भात तरकारी' को पनि पूरा स्क्रिप्ट अझै पढ्न पाएका छैनन् ।
पुष्पललाई हरिवंश आचार्यले वान लाइन स्टोरी मात्र सुनाएका छन् । 'छक्का पञ्जा ३' को पनि दीपकराज गिरी र दीपाश्री निरौलाले वान लाइन स्टोरी सुनाएपछि उनले फिल्म साइन गरेका थिए । रोल सानो भएपनि सम्झनलायक रहेको भन्दै उनी मख्ख परेर फिल्मको मुहूर्त समारोहमा पनि पुगेका थिए ।
स्क्रिप्ट नपाएका कारण फिल्म छाडेको बताउने पुष्पल 'दाल भात तरकारी' मा लिड रोलमा छन् तर पूरा स्क्रिप्ट पढ्न पाएका छैनन् । कतै 'छक्का पञ्जा ३' कै ताल त हुने होइन ? बुधवार फिल्मको घोषणा सभामा पत्रकारले उनलाई 'पूरा स्क्रिप्ट पढ्नुभयो ?' भन्दै प्रश्न गरे ।
उनले भने, 'वान लाइन स्टोरी सुनेको छु । हरिवंश दाईले जङ्गी क्यारेक्टर छ त्यसमा पर्फमेन्स नै गर्नुपर्छ भन्नुभएको छ । उहाँको सल्लाह र उहाँप्रतिको विश्वास नै मेरो स्क्रिप्ट हो ।' उनले 'छक्का पञ्जा ३' छाड्दा आफू 'रस' मा रहेको बताए । लिड रोल रहेका कारण पूरा स्क्रिप्ट नै नपढी 'दाल भात तरकारी' गर्न तयार भएको पुष्पलको भनाई छ ।
उनले थपे, 'छक्का पञ्जा ३' मा गेस्ट रोल थियो । 'दाल भात तरकारी' मा मेरो क्यारेक्टर 'थ्रु आउट' छ । यसमा मैले अझ पर्फमेन्स देखाउन पाउँछु । त्यसमा मलाई कन्फिडेन्ट छ ।' हरिवंशले पुष्पललाई स्क्रिप्टमा चित्त बुझाउने विश्वास दिलाए ।
गेस्ट रोलका लागि स्क्रिप्ट नपाएर फिल्म छाडेका पुष्पलले लिड रोल रहने फिल्म चाहिँ पूरा स्क्रिप्ट नै नपढी सम्झौता पत्रमा ल्याप्चे लगाउनु छैन त अचम्म ? आशा गरौं, भोली स्क्रिप्ट चित्त नबुझेको भन्दै उनले यो फिल्म पनि छाडेको खबर नआओस् ।
For more news:
Like our page on :facebook
Also watch our News on :youtube
No comments:
Post a Comment