Hungry Check Here

Hungry Check Here

‘भारत’को सुटिङ सुरु, यस्ता देखिए उनी सलमान खान (२ तस्विरसहित)

बलिउडका सुपरस्टार सलमान खान र चर्चित निर्देशक अली अब्बास जफरले एकैसाथ निर्माण गर्न लागेको फिल्म ‘भारत’को सुटिङ सुरु भएको छ । अहिले फिल्मको पुरै टीम युरोपको माल्टा नामक देशमा छ । भारतको सुुटिङ सेटमा सलमान क्यामराको अगाडी नभएर पछाडी देखिएका छन् । सलमान आफैँले त्यहाँको एक तस्विर आफ्नो इंस्टाग्राममा सेयर गरेका छन् । तस्विरमा उनी प्रोफेसनल क्यामेरा लिएर फोटो खिचिरहेका छन् । तस्विरको साथमा उनले लेखेका छन्, “राम्रो फोटो खिच्नको लागि एकदमै फोकस गर्नुपर्छ, उसो त यो कुरा जीवनको हरेक कुरामा पनि लागु हुन्छ ।”
salman khan photo from bharat movie

क्यामेराबाट फोटो खिच्दै गर्दाको एक तस्विर अतुल अग्निहोत्रीले पनि इंस्टाग्राममा राखेका छन् । फोटोमा सलमान एकदमै फोकस गर्दै फोटो खिच्ने प्रयास गर्दैछन् । अतुलले यो फोटो फिल्मका निर्देशक अली अब्बास जफरलाई पनि ट्याग गरेका छन् । ‘भारत’ फिल्म २०१९ को ईदमा रिलिज हुनेछ । फिल्ममा सलमानको साथमा कट्रिना कैफ, दिशा पटानी, नोरा फतेही, तब्बु, सुनील ग्रोवर र आशिफ शेखको मुख्य भुमिका छ । यहाँ राखिएका दुई फोटो फरक–फरक समयका हुन् ।

salman khan bharat movies photo
For more news:
Like our page on :facebook
Also watch our News on  :youtube


Share:

No comments:

Post a Comment

Facebook

Latest News

IMDB मा उत्कृष्ठ १० रेटिङ प्राप्त नेपाली चलचित्रहरु

आखिर कुन चाहिँ १० उत्कृष्ठ नेपाली फिल्मलाई इन्टरनेट मुबि डाटावेस आइएमडीबीमा कति    रेटिङ गरिएको छ  ।   हेर्नुहोस् लिष्ट :- नम्बर १० मा रहेको...

Messenger Chat

Hungry Check here

Hungry Check here

Blog Archive

Pages