'रामकहानी' सँग बक्सअफिसमा आमनेसामने हुन लागेका कारण पनि यो फिल्मले हरेकको ध्यान खिचेको छ । अझ, यसमा प्रदीपले पहिलो पटक क्रिमिनमको भूमिका निर्वाहा गरेका छन् । उक्त फिल्ममा उनलाई आफ्नै प्रेमिकाको हत्या अभियोगमा जेल जीवन विताएको देख्न सकिनेछ ।
२०६८ सालमा आफ्नै प्रेमीको योजनामा ललितपुरकी रोजी महर्जनको हत्या भएको वास्तविक घटनामा यो फिल्म आधारित रहेको चर्चा छ । तर, पटक-पटक निर्माण टिमले यो अस्विकार गर्दै आइरहेको छ । यसबीच फिल्म ‘रोजी’ मा अभिनेता खड्का चार फरक अवतारमा प्रस्तुत भएको रहस्यको पर्दाफास भएको छ ।
हालै निर्माण टिमले सार्वजनिक गरेको तश्बिरमा उनले एउटै फिल्मभित्र चारवटा चरित्र चित्रण गरेका छन् । पहिलोमा सामान्य तर सोझा युवक, दोस्रोमा विद्यार्थी, तेस्रोमा नोस्टाल्जिक र चौंथोमा कुनै एक अपराधीको लुक्समा प्रदीपलाई देख्न सकिन्छ ।
‘मेरा लागि यो अवसर पनि हो, चार चरित्र चित्रण गर्नु मेरा लागि च्यालेन्ज र अपर्चुनिटी दुबै हो’ उनले भने, ‘प्रत्येक क्यारेक्टरका आफ्नै अर्थ र सन्देश छन् ।’
नीरक पौडेल निर्देशित फिल्मले एक सोझो युवकको क्राइमतर्फको यात्रा र उतारचढाव पेश गर्छ । यसमा प्रदीपको जोडीमा अभिनेत्री द्वय परमिता आरएल राणा र मिरुना मगर छन् । अभिनेता कर्मा शाक्यको पनि यसमा लिड रोल छ ।
No comments:
Post a Comment